8 years ago
May 6, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा रियल म्याड्रिडले लिगको १९औं स्थानमा रहेको ग्रानाडाको सामना गर्दैछ। अंक तालिकाको शीर्षस्थानमा रहेको बार्सिलोनासंग बराबरी अंक बोकेको म्याड्रिड आफ्नो उत्कृष्ट फर्मलाई जारि राख्ने धुनमा हुनेछ।
रियलले ग्रानाडा विरुद्द खेलेको पछिल्ला ७ खेलमा जित हात पारेको छ भने पछिल्ला ११ खेलमा कम्तिमा २ गोल गरेको छ। रियल र ग्रानाडाबिचका पछिल्ला ७ मध्ये ५ खेलमा रियलले गोल खाएको छैन। ग्रानाडाले आफुले खेलेको लिगका पछिल्ला ५ खेलमा कम्तिमा २ गोल खाएको छ। उसले लिगमा खेलेका पछिल्ला १० खेलमध्ये ९ खेलमा हार व्येहोरेको छ।
रियल म्याड्रिडका लागि पेपे र ग्यारेथ बेल लामो समयदेखि विश्राममा छन्। गत साता डिफेन्डर ड्यानी कार्भाजलले चोट बोकेपछि उनले सिजनका बाँकी खेल गुमाउने पक्का भएको छ। उनको स्थानमा ड्यानिलोले खेल्नेछन्।
मध्येसातामा च्याम्पियन्स लिगको दोश्रो लेगको खेल रहेकाले प्रशिक्षक जिदानले आफ्ना महत्वपूर्ण खेलाडीहरुलाई बेन्चमा राख्ने सम्भावना छ। एसेन्सियो, भाज्केज, मोराटा लगायतका खेलाडीहरुले यस खेलमा अवसर पाउनेछन्।
ग्रानाडाका लागि म्याथु सौनीएर चोटका कारण उपलब्ध हुने छैनन्। पछिल्लो खेलमा कार्ड पाएका एजेक्वेल पोन्चे पनि यस खेलमा अनुपस्थित रहनेछन्।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]