8 years ago
May 6, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा भिल्लारीयालसंग भिड्दैछ। बार्सिलोना यस खेलमा जित हात पारेर म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ।
८१ अंक बोकेको बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा रहेको छ। बराबरी अंक बोकेपनि रियल म्याड्रिडलले बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको छ। बार्सिलोनाको प्रतिद्वन्द्वी भिल्लारीयाल भने लिगको पाँचौ स्थानमा रहेको छ।
बार्सिलोनाले लिग अन्तर्गत आफ्नो घरेलु मैदानमा खेलिएको पछिल्ला १० खेलमा जित हात परेको छ। यस्तै भिल्लारीयाल र बार्सिलोना बिचको पछिल्ला ६ खेलमध्ये सबै खेलमा बार्सिलोनानै विजयी रहेको छ। उता भिल्लारीयाल पनि आफुले लिगमा खेलेको पछिल्ला ६ मध्ये ५ खेलमा जित दर्ता गर्दै फर्ममा रहेको संकेत दिइरहेको छ।
चोटका कारण बार्सिलोनाका लागि डिफेन्डर एलेक्स भिडल र राफिन्हा खेलमा उपस्थित हुने छैनन् भने आन्द्रेस इनिएस्टाको पनि खेल्ने सम्भावना कम छ। चोटले सताइरहेको कारण इनिएस्टाले विश्राम लिन सक्ने सम्भावना बढेको छ। उनको स्थानमा आन्द्रे गोमेसले मिडफिल्डमा खेल्नेछन्।
पाहुना टोली भिल्लारीयालका लागि पछिल्लो खेलमा प्रतिबन्ध पाएका डिफेन्डर माटेओ मुसाचियो उपलब्ध हुनेछन्। गोलरक्षक सर्जियो असेन्जो, डेनिस चेरिसेभ र भिक्टर रुइज चोटका कारण खेलमा देखिनेछैनन्।
खेल नेपाली समयानुसार शनिबार राती १०:१५ बजे सुरु हुनेछ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]