8 years ago
May 6, 2017
एजेन्सी – ए.एस मोनाकोका स्टार फरवार्ड किलिएन बाप्पे अर्को सिजनका लागि रियल म्याड्रिड आउन तयार रहेको स्पेनिस पत्रिका मार्साले जनाएको छ। मार्साका अनुसार प्रिमिएर लिग क्लब म्यानचेस्टर सिटि र म्यानचेस्टर युनाईटेडको प्रस्ताब लाई छाडेर उनि रियल म्याड्रिड आउन तयार भएका हुन्।
म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बाप्पेलाई भेटेर रियलमा आउने सल्लाह दिएपछि बाप्पे मोनाको छोड्न तयार रहेको बुझिएको छ। यद्दपी बाप्पे तयार भएपनि दुइ क्लब बिचको सहमतिबिना बाप्पे म्याड्रिडजानेमा भने शंका रहेको छ। मोनाकोले बाप्पेका लागि विश्व किर्तिमानी रकम माग गरिरहेको छ भने म्याड्रिडले ८५ मिलियन पाउण्डसम्म खर्चने बताएको छ।
गत सिजनमा म्यानचेस्टर सिटीले बाप्पेलाई भित्र्याउन खोजेपनि मोनाकोले सिटिको प्रस्ताबलाई नकारेको थियो। यस सिजन फर्ममा रहेका बाप्पेलाई क्लब राख्न असम्भव रहेको मोनाकोका अध्यक्षले यसअघी बताएका छन्। च्याम्पियन्स लिगको सेमिफाइनल खेलिरहेको मोनाकोले बाप्पेलाई बिदाई गर्नु बाहेक विकल्प नरहेको पनि फ्रान्सेली पत्रिकाले जनाएका छन्।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]