8 years ago
May 6, 2017
लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा वेष्ट ह्याम युनाईटेडले आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा टोटेनहम हट्स्परलाई १-०ले पराजित गरेको छ।
शीर्षस्थानमा रहेको चेल्सीसंगको दुरी १ अंकमा झर्ने सुवर्ण अवसर पाएको टोटेनहमले निकै आक्रमण बुने पनि सफल हुन सकेन। वेष्ट ह्यामका लागि खेलको एक मात्र गोल म्यनुएल ल्यान्जिनीले गरेका थिए। यस जित संगै वेष्ट ह्यामको रेलिगेसनमा पर्ने डर पनि समाप्त भएको हो।
टोटेनहमको हारसंगै चेल्सीले अब ७ अंकको अग्रता कायम गर्ने अवसर प्राप्त गरेको छ। चेल्सीले सोमबार राती हुने खेलमा मिडल्सब्रोको सामना गर्दैछ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]