8 years ago
May 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आगामी जेष्ठ ९ गते मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
फुटबल एसोसिएसन अफ मलेसियाको आमन्त्रणमा नेपाली टोली मलेसिया जान लागेको एन्फाले बताएको छ। दक्षिण पूर्वी खेलकुदलाई लक्षित गरेर मलेसियाले आफ्नो टोलीको तयारीको सिलसिलामा नेपाललाई मैत्रीपूर्ण खेलको लागि आमन्त्रण गरेको हो।
यसघि नेपाल र मलेसियाले सन् २०१६को डिसेम्बर महिनामा खेलेको मैत्रीपूर्ण खेलमा नेपाल १-०ले विजयी भएको थियो। नेपाली टोलीले बिहिबारबाट मैत्रीपूर्ण खेलको लागि तयारी सुरु गरिसकेको छ।
आगामी साफ च्याम्पीयनसिपलाई लक्षित गरेर टोलीले प्रशिक्षण सुरु गरेको एन्फाले जनाएको छ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]