default_image

8 years ago

May 5, 2017

कोस्टाको स्थानमा को किन्ला चेल्सीले?

118 views

0 Bookmark

एजेन्सी (हाम्रोखेलकुद)- यस सिजनको प्रिमियर लिगको अन्त्य-अन्त्य समयसंगै खेलाडी किनबेचको हल्लाले पनि बजार खुब तात्तिएको छ। चेल्सीका स्टाइकर डिएगो कोस्टा सिजनको अन्त्य पछि चाइना जाने हल्ला छ। आफ्नो पहिलो सिजनमै २० गोल गरेर गोल्डेन बुटको लागि आफ्नो दाबेदारी पेस गरेका उनले सोहि सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। यस सिजन पनि स्थिति लगभग उस्तै छ लिगको ४ खेल बाकि रहेको अवस्थामा चेल्सी लिगको अग्रपंक्तिमा आसिन छ।

जारी सिजनको ३२ खेलमा १९ गोल गरिसकेका उनी एभर्टनका रोमेलु लुकाकु (२४) र टोटनह्यामका ह्यारी केन (२०) भन्दा मात्र पछाडी छन। यदि उनी यस सिजन पछि चाइनामा अनुबन्ध भए उनको विकल्प को खोज्लान त चेल्सीका म्यानेजर एन्टोनियो कोंटेले ? आर्सनलका एलेक्सिज सान्चेज , एभर्टनका रोमेलु लुकाकु र रियल मड्रिडका अल्भारो मोराटा चेल्सी आउने ब्यापक हल्ला छ।

२०१४ मा आर्सनल आए देखि टोलीका लागि ४८ गोल गरिसकेका उनी विंगर हुन् तर स्टाइकर पोजिसनमा पनि खेल्न सक्छन। आर्सनल छाडेर चेल्सी आउन सक्ने संकेत देखाइसकेका उनी चेल्सीका लागि उपयुक्त हुन सक्छन। त्यस्तै २८ मिलियनमा चेल्सीबाटै एभर्टन गएका स्टाइकर रोमेलु लुकाकु पनि चेल्सी आउने प्रबल सम्भावना रहेको छ तर उनको लागि चेल्सीले धेरै नै मोटो रकम खर्छ गर्न पर्ने देखिन्छ। एभर्टनले आफ्नो टिमको मुख्य खेलाडीको १०० मिलियन माथिको मूल्य राखेको छ । गोल गर्न निक्कै माहिर उनी पनि डिएगो कोस्टाको स्थानमा राम्रो विकल्प हुन सक्छन त्यस्तै रियल मड्रिडका स्टाइकर अल्भारो मोराटा पनि यस सिजनपछि चेल्सी आउन सक्ने खेलाडीको सुचीमा छन।

ला-लिगाको जारी सिजन २३ खेलमा १३ गोल गरिसकेका उनले आफु धेरै भन्दा धेरै खेल खेल्न चाहेको तर टोलीमा रोनाल्डो , बेल , बेन्जेमामा जस्ता खेलाडीको दबदबाले खासै खेल्न नपाउने कारणले यस सिजन  अरु क्लब जाने संकेत गरेका छन । सिजनको मध्यमानै उनी चेल्सी आउने जस्तो हल्ला चलिसकेको कारणले पनि आउदो सिजन उनी चेल्सी आउन सक्ने सम्भावना छ। रियल बाट इटालियन क्लब युभेन्टसमा २ सिजन लोनमा बिताएका उनले च्याम्पियन्स लिगको फाइनल  खेलेका थिए जसमा उनको टोली बार्सिलोना संग पराजित भएको थियो |

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.