8 years ago
May 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको वरियतामा ३ स्थान तल झर्दै नेपाल १ सय ७३ स्थानमा पुगेको छ । बिहिबार सार्वजनिक गरिएको वरियतामा नेपाल ३ स्थान तल झरेको हो ।
वरियताक्रममा तल झरेपनि दक्षिण एसियाली राष्ट्रमा नेपाल पाँचौं स्थानमा यथावत छ । अघिल्लो महिना १०१ स्थानमा रहेको भारत १०० स्थानमा उक्लेको छ । २१ वर्षको इतिहासमा भारतको यो सबै भन्दा राम्रो रेकर्ड हो । त्यस्तै दोस्रो स्थानमा रहेको माल्दिभ्स १ स्थान तल झर्दै १५२ मा छ भने अफघानिस्तान पनि १ स्थान तल झरेको छ । भुटान १६६ मा यथावत छ भने श्री लंका १९७ मा छ र पाकिस्तान एसियाको पुछारमा २०१ स्थानमा छ ।
पछिल्लो वरियताका क्रममा शीर्षस्थानमा पुगेको ब्राजिल पहिलो स्थानमा यथावत छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]