8 years ago
May 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ। जापानिज प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्धको खेलमा छनोट गरिएका २७ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।
नेपालले आगामी जुन १३ तारिखमा एएफसी एसियन कपको छनोट चरण अन्तर्गत दोश्रो खेलमा यमनको सामना गर्दैछ। हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिएको हो। पहिलो दिनको प्रशिक्षणमा काठमाडौँमै रहेका खेलाडीहरु उपस्थित रहेका थिए। आइतबारबाट सबै खेलाडी उपस्थित हुने जानकारी दिइयो।
नेपालले एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग ४-१को हार व्येहोरेको थियो। नेपालका लागि यस खेलमा मिडफिल्डर बिक्रम लामा उपस्थित हुने छैनन्। रातो कार्ड पाएका उनले १ खेल गुमाउने निश्चित छ। उनले रातो कार्ड पाएपछि उक्त घटना समझदा पनि मन अमिलो भएर आउने बताएका थिए।
चोटका कारण पछिल्लो खेलमा अनुपस्थित रहेका नवयुग श्रेष्ठ यस खेलका लागि प्रशिक्षणमा उपस्थित भएका छन्।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]