8 years ago
May 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठ गत महिना खेलिएको फिलिपिन्स विरुद्धको एएफसी एसियन कप छनोट चरण अन्तर्गतको टोलीमा अटाएका थिएनन्। त्यसबेला चोटका कारण टोलीमा नपरेपछि उनले त्यसयता विश्राम लिंदै आइरहेका छन्।
फाइल तस्बिर
फिलिपिन्स विरुद्धको खेलपछि नेपालमै आयोजित घरेलु प्रतियोगितामा पनि नवयुग आर्मीको टोलीमा थिएनन्। नवयुगकै गृहनगर इलाममा आयोजित माइभ्याली गोल्डकपमा आर्मी खेल्दा नवयुग विश्राममा थिए। आर्मीले फाइनलसम्मको यात्रा तय गर्दा भने नवयुग एन.आर.एन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा भाग लिन सिड्नी पुगेका थिए। त्यसयता आर्मीले अन्य प्रतियोगितामा भाग लिएपनि नवयुग भने अष्ट्रेलियामै रहेर विश्राम लिइरहे।
नेपालले आगामी जुन १३ तारिखमा यमनविरुद्ध एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेल खेल्दैछ। उक्त खेलको तयारीका लागि नवयुग नेपाल आइसकेका छन्। चोटपछि राम्रो विश्राम लिएका उनले नेपालले पहिलो खेलमा व्यहोरेको हारलाई बिर्साउने धुनमा हुनेछन्।
त्यसो त यो खेल नवयुगका लागि नेपालमै खेल्ने पहिलो अन्तराष्ट्रिय खेल हुनेछ। यसअघि फ्रेण्डस् अफ जापान नामक टोलीसंग नेपाल एघारले मैत्रीपूर्ण खेल खेल्दा नवयुगले खेले पनि त्यसले अन्तराष्ट्रिय मान्यता भने पाएको थिएन। उक्त खेलमा नेपालका लागि नवयुगले एकमात्र गोल गरेका थिए।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]