default_image

8 years ago

May 3, 2017

को हुन् किलिएन बाप्पे?

145 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली युवा खेलाडी किलिएन बाप्पे छोटो समयमै युरोपकै आशालाग्दा युवा खेलाडीका रुपमा उदाएका छन्। १८ वर्षको उमेरमै फ्रान्सको राष्ट्रिय टोलीमा स्थान पाएका बाप्पे हाल ए.एस. मोनाको संग आवद्ध छन्।

च्याम्पियन्स लिगको सेमिफाइनल चरणमा पुगेको मोनाकोका लागि बाप्पेले जारि सिजनमा १८ गोल गरिसकेका छन्। लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको मोनाकोका लागि बाप्पेको प्रदर्शन निकै प्रभावशाली रहेको छ।

युरोपका ठुला टोलीहरुको आँखामा परिसकेका बाप्पेलाई किन्न भने ठुलै रकम चुकाउनुपर्ने क्लबको दाबी रहेको छ। बाप्पेलाई आफ्नो टोलीमा ल्याउन म्यानचेस्टरका दुइ क्लबसंगै रियल म्याड्रिड पनि लागिरहेको छ। विश्व कीर्तिमानी रकम तिर्न सके मात्र बाप्पे अर्को सिजन नयाँ क्लबमा पुग्ने ‘द टाइम्स‘ पत्रिकाले जनाएको छ।

बाप्पे मोनाकोमै जन्मिएका हुन् त?
-> बाप्पे को जम्न १९९८ डिसेम्बर २० तारिखका दिन पेरिसबाट १० किलोमिटर उत्तर पुर्वमा रहेको सानो गाउँमा भएको थियो। उनको जन्म हुनुभन्दा ६ महिना अघि फ्रान्सले १९९८को विश्वकप जितेको थियो।

उनले कहिले देखि फुटबल सुरु गरे?
-> बाप्पेका पिता विल्फ्रिड बाप्पे स्थानीय क्लब ए.एस. बोन्डीका प्रशिक्षक थिए। ६ वर्षको उमेरमा उक्त क्लब छिरेका बाप्पेले त्यहाँ रहेर ३ वर्ष प्रशिक्षण गरेका थिए। बप्पेकी आमा व्यावसायिक ह्यान्डबल खेलाडी थिइन्।

बाप्पे कसरी मोनाको पुगे?
-> सन् २०११मा फ्रान्सेली फुटबल संघले देशका उत्कृष्ट युवा फुटबलरलाई केन्द्रमा विशेष प्रशिक्षणको व्यवस्था गर्यो। १३ वर्षको उमेरमा क्लेरफन्टेन आइपुगेका उनले फ्रान्सका दिग्गज खेलाडी थिएरी हेनरी, निकोलस अनेल्का, विलियम गालास लगायतले तय गरेको यात्रा समातेका थिए। व्यावसायिक फुटबलमा प्रवेश गर्दा उनले रियल म्याड्रिड, बायर्न म्युनिख, चेल्सी, लिभरपुल जस्ता खलब छाडेर मोनाकोलाई रोजेका थिए।

बाप्पेले कहिले देखि मोनाकोको सिनियर टिमबाट खेले?
-> सन् २०१५ डिसेम्बर २ का दिन वैकल्पिक खेलाडीका रुपमा बाप्पेले आफ्नो पहिलो खेल खेलेका थिए। उनले सन् २०१६ फेब्रुअरीमा त्रोयेविरुद्ध आफ्नो पहिलो गोल गरेका थिए।

बाप्पेलाई किन राम्रो मानिएको हो?
-> यस सिजनदेखि पूर्ण रुपमा सुरुवात पाएका बाप्पेले मोनाकोका लागि अद्भुत प्रदर्शन गरिरहेका छन्। सिजनको सुरुवाती १२ खेलमा ३ गोल मात्र गरेका उनले नयाँ साल प्रवेश भएदेखि पछिल्ला १४ खेलमा १५  गोल गरिसकेका छन्। निकै छरिता खेलाडी बाप्पेलाई रोक्न विपक्षी डिफेन्डरहरुलाई धौ-धौ परिरहेको अवस्था छ। उनलाई फ्रान्सका सर्वमान्य दिग्गज खेलाडी थिएरी हेनरीसंग दाँजेर हेर्न थालिएको छ।

के उनि साच्चै त्यसको हकदार छन्?
-> आफैं हेर्नुहोस:

 

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.