9 years ago
October 17, 2015
मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजय संगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको छ । जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भएको छ । नेपालमा हुने फुटबल खेलमा यो सबैभन्दा धेरै उपहार राशी हो ।
ड्र काफी रहेको थ्री स्टार क्लबले खेलको ४८ औ मिनेटमा आफिजको गोल संगै अग्रता लिएको थियो ।
१६ खेल मा १० जित दर्ता गरेको थ्री स्टारको कुल ३६ अंक रह्यो भने हार पस्यात मानङ ३१ अंकको साथमा तेस्रो स्थानमा सिमित रह्यो ।
आफ्नो महत्वपूर्ण डिफेन्डर द्वय सन्दिप राइ र सागर थापालाई फिक्सिङको कारण गुमाएको थ्री स्टार रक्षापंक्तीमा त्यती फितलो भने देखिएन ।
निर्धारित ९० मिनेटको अन्त्य पछी ५ मिनेट समय थप भएपनि मनाङ ले थ्री स्टारको रक्षापंक्ती भने तोड्न सफल भएन । गोल गर्न बाध्य मानङ आक्रामक भएको फाइदा उठाउँदै काउन्टर एटकमा बिष्णु गुरुङको गोलसँग थ्री स्टार क्लब जित सुनिस्चित गर्यो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्। तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा […]