8 years ago
May 3, 2017
फ्रान्स (एजेन्सी)- आज हुने युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको सेमिफाइनल चरणको पहिलो लेगमा फ्रेन्च क्लब मोनाकोले युभेन्टसको सामना गर्दै छ। नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।
प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नको लागि मोनाकोले बोरुसिया डर्टमुण्डलाई पराजित गरेको थियो भने युभेन्टसले ठुलो अन्तरले बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।
आज हुने खेलमा घरेलु टोलि मोनाकोका बोस्चिलिया, कारिल्लो, सिडीबेले चोटका कारण नखेल्ने पक्का छ भने ब्कायोको र टाउरेले खेल्नेमा पनि शंका रहेको छ। पाहुना टोलिका जाका चोटका कारण अनुपस्थित रहने छन भने सामी खेडीरा रेड कार्डका कारण प्रतिबन्धमा रहेका छन्। सामीका स्थानमा क्लाउडियो मार्किसियोले सुरुआत गर्ने छन्।
पछिल्लो १२ च्याम्पियन्स लिग खेलमा आपराजित युभेन्टसले आफ्नो पछिल्लो १० खेल मध्य ८मा कुनै गोल खाएको छैन भने मोनाकोले आफ्नो पछिल्लो ४ च्याम्पियन्स लिग खेलमा कम्तिमा ३ गोल प्रहार गरेको छ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]