default_image

8 years ago

May 3, 2017

रोनाल्डोको ह्याट्रिकमा रियलको जित

121 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ह्याट्रिक गरेपछि रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई ३-०ले पराजित गरेको छ।

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा एट्लेटिको सुरुवातदेखि दवावमा रहेको थियो।खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ १-०ले पछि परेको एट्लेटिकोले मौका पाएपनि गमेरियोले पाएको मौकाको सदुपयोग गर्न सकेनन्। वान भर्सेस वानको स्थितिमा नाभासले राम्रो बचाउ गरेर अग्रता कायम राखेका थिए। खेलको ७३औं मिनेटमा दोश्रो गोल गर्दै रोनाल्डोले टोलीलाई २-०ले अगाडी बढाए। उनले बेन्जेमाको पासमा गोल गरेका थिए।

निर्धारित समयको ४ मिनेट बाँकी रहँदा लुकास भाज्केजको कटब्याकलाई सदुपयोग गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरेका थिए। उनले पछिल्ला ३ च्याम्पि़न्स लिग खेलमा ८ गोल गरेका छन्।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.