default_image

8 years ago

May 2, 2017

रियल र एटलेटिको सेमिफाइनलमा भिड्दै

113 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्।

एकै सहरका यी दुइ टोली बिचको आज हुने खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ। रियल म्याड्रिडले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो भने एटलेटिकोले लेस्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि सुरुवाती ११मा पर्ने सम्भावना उत्तिकै छ। यसैसाता भ्यालेन्सियाविरूद्धको जितमा विश्राम पाएका डिफेन्डर राफेल भारान सुरुवाती ११ मा पर्ने लगभग पक्का छ।

एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने छैनन्, उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्।

एटलेटिको आफ्नो पछिल्ला ११ च्याम्पियन्स लिग खेलमध्य १० खेलमा अपराजित रहेको छ। उता रियलको पछिल्लो १० च्याम्पियन्स लिग खेलमा प्रत्यक खेलमा २ गोल भन्दा बढी भएको छ। पछिल्ला ३ वर्षयता च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको यात्रा रियललेनै अन्त्य गरेको छ। पछिल्ला ३ सिजनमा रियलले २ पटक एटलेटिकोलाई फाइनलमा हराएको छ।

नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.