8 years ago
May 1, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको भ्यालेन्सिया विरुद्धको खेलमा टोलीको योजना नबुझेर गल्ती गरेपछि रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान मिडफिल्डर क्यासेमिरोसंग निराश भएका छन्।
स्पेनी मिडियाहरुको रिपोर्ट अनुसार भ्यालेन्सिया विरुद्धको खेलको अन्तिम समयमा रोनाल्डोले पहेंलो कार्ड पाउन जानाजान फ्रिकिक प्रहार गर्न ढिलाई गरिरहेका थिए। रोनाल्डोले अब पहेंलो कार्ड खाएमा एक खेल प्रतिबन्ध हुने र प्रशिक्षक जिदानको सल्लाह अनुसार उनले भ्यालेन्सिया विरुद्धको खेलमा उक्त पहेंलो कार्ड पाउन खोजेका थिए। अर्को साता हुने ग्रानाडासंगको खेलमा रोनाल्डोको अनुपस्थितिले टोलीलाई धेरै गार्हो नपर्ने र त्यसपछि हुने सेभिल्लासंगको खेलमा रोनाल्डो बेफिकर भएर खेल्न सक्ने योजना जिदानको रहेको थियो।
तर, क्यसेमिरोले आएर रोनाल्डोले फ्रिकिकमा ढिलाई गरिरहेको बेलामा बल चलाएपछि जिदान र रोनाल्डोको योजना असफल भएको थियो। यससंगै जिदानले रोनाल्डोलाई ग्रानाडासंगको खेलमा विश्राम दिने सम्भावना बढेको छ। सेभिल्लासंगको खेलमा उनको भूमिका महत्वपूर्ण हुने जिदानको बुझाइ छ। यद्दपी रोनाल्डोले सेभिल्लासंगको खेलमा कार्ड पाए भने मालागा विरुद्धको खेल गुमाउने सम्भावना पनि उत्तिकै छ।
म्याड्रिडले लिगका खेलसंगै च्याम्पियन्स लिगको सेमिफाइनल खेल पनि खेल्नुपर्ने हुनाले जिदानलाई खेलाडीको फिटनेसमा ध्यान दिनुपर्ने दबाब पनि रहेको छ। म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]