default_image

8 years ago

April 30, 2017

इन्डोनेसियामा रोहितको टोलीको पहिलो हार

112 views

0 Bookmark

माकासार (एजेन्सी) – इन्डोनेसियाको लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका रोहित चन्दको सम्मिलित क्लब पर्सिजा जाकार्ताले सिजनमा पहिलो पराजयको सामना गरेको छ। पहिलो रोजाईमा परेका चन्दले पुरा समय खेलेका थिए।

Rohit Chand

अघिल्ला दुई खेलमा १ जित र १ बराबरी खेलेको पर्सिजाले तेस्रो खेलमा पीएसएम माकासारको घरेलु मैदानमा १-०को पराजय भोग्यो। खेलमा दुवै टोलीका खेलाडीली रातो कार्डको सामाना गरेका थिए । खेलको ७३औं मिनेटमा पर्सिजाका सुते सान्धिले खेलको दोस्रो पहेंलो कार्डको सामना गरेपछि १० खेलाडीमा सिमित भएको थियो। पर्सिजाले ७९औं मिनेटमा गोल खाँदै खेलमा पछि परेको थियो।

माकासारकालागि नेदरल्याण्डका विल्जन पुलिमले गोल गरेका थिए । ८३औं मिनेटमा माकासारका जुलक्युफ्ली स्युकुरले दोस्रो पहेंलो कार्डको सामना गरेर मैदानबाट बाहिरिएपनि पर्सिजाले त्यसको फाइदा उठाउन सकेन । पराजय पश्चात ३ खेलमा ४ अंक जोड्सो रोहितको क्लब आठौं स्थानमा झरेको छ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.