default_image

8 years ago

April 30, 2017

चेल्सी र एभरटन भिड्दै

126 views

0 Bookmark

लण्डन (एजेन्सी)- आज हुने प्रिमियर लिग अन्तर्गतको खेलमा लिगको पहिलो स्थानमा रहेको चेल्सीले एभरटनको सामना गर्दै छ।              खेल नेपाली समय अनुसार बेलुकी ६:५०मा सुरु हुने छ।

जारी लिगमा ५ खेल मात्र बाकि रहेको अवस्थामा चेल्सी दोस्रो स्थानमा रहेको स्पर्सभन्दा ४ अंकले अगाडी रहेको छ। पछिल्लो खेलमा दुई        गोल प्रहार गर्दै कोस्टाले आफु लयमा फर्किएको संकेत दिएका छन् र चेल्सी थप मजबुत देखिएको छ। पाहुना टोलि चेल्सीमा कुनै चोट समस्या नभएपनि घरेलु टोलि भने खेलाडीको चोटका कारण पिरोलिएको छ। घरेलु टोलीका बोलासी, कोलम्यान, फ्युनेस मोरी, लेनन र म्याक्यारथी चोटका कारण टोलिबाट बाहिरिसकेका छन्।

घरेलु मैदानमा एभरटनले पछिल्लो ८ खेलमा जित हात परेको छ भने चेल्सीसंग घरेलु मैदानमा भएको पछिल्लो ३ खेलमा २ भन्दा बढी गोल प्रहार गरेको छ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.