default_image

8 years ago

April 30, 2017

नर्थ लण्डन डर्बीमा आर्सनल र टोटेनहम भिड्दै

85 views

0 Bookmark

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती हुने खेलमा नर्थ लण्डनका दुइ टोली आर्सनल र टोटेनहम हट्स्पर आमनेसामने हुँदैछन्

लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको टोटेनहम घरेलु मैदानमा जितसंगै इतिहास रच्ने सुरमा हुनेछ। उसले सन् १९९५ यता लिगमा आर्सनल भन्दा माथि  रहेर सिजनको अन्त्य गरेको छैन। तर आज हुने खेलमा तिन अंक हासिल गर्न सके यस सिजनमा आर्सनल टोटेनहम भन्दा तल रहने पक्का हुनेछ।

टोटेनहमका लागि मिडफिल्डर मुसा डेम्बेले र डिफेन्डर ड्यानी रोजको खेल्ने सम्भावना एकदम कम छ भने मिडफिल्डर द्वय एरिक लामेला र ह्यारी विंक्स चोटका कारण विश्राममा छन्

आर्सनलका लागि डिफेन्डर लौरेन्ट कोसिएल्नी चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन्। उनीसंगै अर्का डिफेन्डर स्कोडरान मुस्ताफी, गोलरक्षक डेबिड ओस्पिना, फरवार्ड लुकास पेरेज र मिडफिल्डर सान्टि कजोर्ला चोटका कारण मैदान बाहिर रहनेछन्।

यी दुइ टोलिबिचका पछिल्ला ५ लिग खेलमा ४ खेल बराबर भएको छ भने १ खेल टोटेनहमले जितेको छ

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.