default_image

8 years ago

April 30, 2017

बार्सिलेना पुन: शीर्षस्थानमा उक्लियो

85 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले घरेलु प्रतिद्वन्द्वी एस्पान्योललाई ३-०लो पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको छ।

एस्पान्योलको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोश्रो हाफको ५०औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ७६औं मिनेटमा इभान राकिटिचले लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै बार्सालाई २-०ले अगाडि पुर्याए।

लुइस सुआरेजले ८६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गरेपछि बार्सिलोनाको जित पक्का भएको थियो। यस जितसंगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

समान अंक बोकेका बार्सिलोना र रियल म्याड्रिड क्रमश: पहिलो र दोश्रो स्थानमा छन्। यद्दपी म्याड्रिडले एक खेल कम खेलेको छ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.