8 years ago
April 29, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबाउमा भ्यालेन्सियालाई २-१ले पराजित गरेको छ।
खेलको २७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो उनले ड्यानी कार्भाजलको क्रसलाई हेडरमार्फत गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिए। खेलको ५७औं मिनेटमा लुका मोड्रीचलाई बक्स भित्र लडाएपछि म्याड्रिडले पेनाल्टीको अवसर पाएको थियो। तर रोनाल्डोको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलरक्षक डिएगो आल्भेसले बचाएका थिए।
खेलको ८२औं मिनेटमा ड्यानी परेहोले फ्रिकिक बाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर उक्त गोलको ३ मिनेट पछिनै मार्सेलोले उत्कृष्ट गोल गर्दै म्याड्रिडलाई पुन: खेलमा अगाडी बढाएका थिए।
जितसंगै रियलको ३४ खेलमा ८१ अंक भएको छ। समान खेल खेलेको बार्सिलोना भन्दा रियल ३ अंकले अगाडी छ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]