8 years ago
April 29, 2017
एजेन्सी – सिजन २०१६/१७को अन्त्य नजिकिँदै गर्दा ला लिगाको अन्त्य पनि निकै रोमान्चक हुँदै गईरहेको छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडको भन्दा १ खेल बढी खेलेको छ। बार्सिलोनाले यस सिजनमा लिग अन्तर्गत ४ खेल खेल्न बाँकी छ।
उक्त खेलहरु नेपाली समयानुसार तल दिइएको छ:
वैशाख १७ (अप्रिल ३०) – एस्प्यान्योल विरुद्ध बार्सिलोना – रातको १२:३० बजे (वैशाख १६ मध्यरात)
वैशाख २३ (मे ६)- बार्सिलोना विरुद्ध भिल्लारीयाल – रातको १०:१५ बजे
वैशाख ३१ (मे १४) – लास पाल्मास विरुद्ध बार्सिलोना – समय टुंगो लाग्न बाँकी
जेष्ठ ७ (मे २१) – बार्सिलोना विरुद्ध ऐबार – समय टुंगो लाग्न बाँकी
रियल म्याड्रिडका बाँकी खेलहरु यहाँ हेर्नुहोस (नेपाली मिति र समयमा)
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]