default_image

8 years ago

April 29, 2017

डर्बीमा इस्प्यान्योलले बार्सिलोनाको सामना गर्दै , नेयमार फर्किदै

94 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा आज बार्सिलोना सहरका दुई टोली आमने सामने हुदै छन् । अंकतालिकाको नवौं स्थानको इस्प्यान्योलको घरेलु मैदानमा बार्सिलोनाको सामना गर्नेछ । 

Neymar

रियल म्याड्रिडसँग समान ७८ अंक भएपनि गोल भिन्नताका आधारमा बार्सिलोना शीर्षस्थानमा छ । यद्दपी रियलले बार्सिलोनाको भन्दा एक खेल कम खेलको छ । तीन खेल प्रतिबन्ध परेका कारण एल क्लासिको समेत गुमाएका नेयमार आजको खेलमार्फत पुनः मैदान फर्कदा टोलीको मनोबल उचो रहनेछ ।

बार्सिलोनाका चोटयुक्त भिडाल र राफिना बाहेक अन्य खेलाडीहरु इस्प्यान्योलसँग सामान गर्न फिट रहेका छन् । घरेलु टोलीका ओस्कार ड्वार्टे चोटका कारण खेल्ने छैनन् ।

बार्सिलोनासँगको अहिले सम्म १ सय ९८ भेटमा जम्मा ४३ खेल जितेको इस्प्यान्योलले अघिल्ला १५ भेटमा जित हासिल गर्न सकेको छैन । त्यसमध्ये १२ हार ३ बराबरी गरेको घरेलु टोलीले बार्सिलोनाविरुद्ध अंक खोस्दै लुइस एन्रिकेको टोलीको उपाधि रक्षा गर्ने लक्ष्यमा निराशा दिलाउने प्रयास गर्नेछ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.