8 years ago
April 29, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको उपाधि जित्ने लक्ष्यलाई थप मजबुद बनाउने उद्देश्यका साथ आज घरेलु मैदानमा उत्रने रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध कुनै अंक गुमाउने अपेक्षा गरेको छैन । घरेलु मैदानमा भएका अघिल्ला ५ खेलमा ७ अंक गुमाएको रियलले भ्यालेन्सियाविरुद्ध खेल्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र टोनी क्रुसलाई पुनः मैदानमा फर्काउनेछ ।
बार्सिलोना भन्दा १ खेल कम खेलेको रियल अंक तालिकामा समान अंक रहेपनि हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । मुख्य फरवार्ड रोनाल्डोलाई अघिल्लो खेलमा विश्राम दिएपनि आजको खेलमा फर्कने निश्चित छ ।
बार्सिलोनासँग रातो कार्डको सामना गरेका सर्जियो रामोस १ खेलको प्रतिबन्धपछि मैदान फर्कनेछन् । ग्यारेथ बेल र पेपे भने चोटका कारण खेल्ने छैनन् ।
अर्कोतर्फ अंकतालिकाको १२ औ स्थानमा रहेको भ्यालेन्सियाले आफनै मैदानमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । अवे खेलमा टोलीको प्रदर्शन सन्तोषजनक छैन । यसअघिका ५ अवे खेलमा भ्यालेन्सियाले १ खेलमा जितेको थियो । बाँकी खेलमा टोलीले अंक गुमाएको थियो ।
ला लिगामा घरेलु मैदानमा रियललाई २–१ ले स्तब्ध पारेको भ्यालेसियाले रियलसँगको अहिले सम्मको १ सय ९५ भेटमा ५५ जित र ४० बराबरी गरेको छ भने १ सय खेलमा पराजय भोगेको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]