8 years ago
April 28, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राती भएको सिटी र युनाइटेडको म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुंगिएको छ । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो ।
खेलमा आक्रमक रुपमा प्रस्तुत भएको सिटिले धेरै मौका गुमाएपछि खेल बराबरीमा सकिएको हो। युनाइटेडका फरवार्ड ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले टोलीको आक्रमण शून्यप्राय रह्यो। यस खेलमा जित हात पारेको अवस्थामा दुवै टोलीको अंक तालिकामा माथि पुग्ने सम्भावना रहेको थियो।
म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो । सर्जियो अग्वेरोलाई हेडबट गरेका मारौउने फेलाइनीले रातो कार्डको सामना गर्दै मैदान छाडेपछि अन्तिम सात मिनेट युनाइटेडले १ खेलाडी कम भएर खेल्नु परेको थियो । त्यसका वावजुद युनाइटेड सिटीलाई रोक्न सफल भएको थियो ।
खेलको सुरुवातमा अग्वेरोको प्रहार पोस्टमा लागेर बाहिरिएपछि सिटीले गोल अग्रता लिने अवसर गुमाएको थियो । केभिन डी ब्रुआइनको नवौ मिनेटको क्रसमा अग्वेरोको प्रहार पोस्टमा लागेको थियो । त्यस्तै चोटबाट फर्किएका सिटीका ग्याबरिएल जिससको गोल रेफ्रिले अफसाइड भन्दै अस्वीकार गरेका थिए ।
युनाइटेडका लागि जारी सिजनमा उच्च गोल गरेका इब्राहिमोभिच घुडाँको चोट कारण नखेलेपछि जोजे मोरिन्होेले हेनरिक मिखितार्यानलाई फरवार्डको रुपमा खेलाएका थिए । एन्थोनी मार्सियल र मार्कस रास्फार्डलाई विंग्समा खेलाएका थिए ।
फेलाइनी बाहिरिएपछि सिटीले जिससलाई भित्राउदै गोल गर्ने प्रयास गरेको थियो । जिससले हेडरमार्फत गोल गरेपनि उनको गोललाई सहायक रेफ्रीले अफसाइड लिएपछि दुवै टोलीले अंक बाडेका थिए ।
बराबरीले लिभरपुल र आर्सनललाई फाइदा पुगेको छ। शीर्ष चारमा पर्ने होडमा चेल्सी र टोटेनहम तालिकाको शीर्ष दुईमा छन् भने अन्य ४ टोली बाँकी दुई स्थानको लागि भिडिरहेका छन्।
३४ खेल खेलेर ६४ अंक बोकेको लिभरपुल तेश्रो स्थानमा छ भने म्यानचेस्टर सिटि ३३ खेलमा ६५ अंक लिएर चौथोमा छ। ३३ खेलमा ६४ अंक जोडको म्यानचेस्टर युनाइटेड पाँचौ र ३२ खेलमा ६० अंक बोकेको आर्सनल छैठौं स्थानमा छ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]