8 years ago
April 27, 2017
म्यानचेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टरका दुई क्लब सिटी र युनाइटेड आज राती आमने सामने हुँदैछन् । सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती १२ः४५ बजे सुरु हुनेछ ।
अंक तालिकामा १ अंकले मात्र भिन्न यी दुइ टोलीलाई अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन यो खेल निकै महत्वपूर्ण रहनेछ । चौथो स्थानमा रहेको सिटीको ३२ खेलमा ६४ अंक छ भने ६३ अंक सहित युनाइटेड पाँचौ स्थानमा छ ।
पाहुना टोली युनाइटेडलाई डर्बी खेलमा दुई महत्वपूर्ण खेलाडीको साथ रहने छैन । युनाइटेडका लागि जारी सिजनमा उच्च गोल गरेका ज्लाटन इब्राहिमोभिच घुडाँको चोट कारण लामो समयसम्म मैदान बाहिर रहनेछन् । त्यस्तै टोलीका महंगा खेलाडी पौल पोग्बा पनि चोटका कारण उपलब्ध हुने छैनन् ।
अर्कोतिर सिटीका गुनडोगन पनि घुँडाको चोटका कारण मैदानमा उत्रने छैनन् । टोलीका महत्वपूर्ण खेलाडी डेभिड सिल्भा , सर्जियो अग्वेरो , ग्याबरिएल जिसस, जोन स्टोन्स र बाकारी साग्ना पनि खेल्ने नखेल्ने निश्चत छैन ।
आर्सनलसँग पराजित हुँदै एफए कपबाट बाहिरिएपछि सिटी पहिलो पटक युनाटेडसँग भिड्दैछ । यो सिजन युनाइटेडसँगको दुइ भेटमा सिटीले एउटा खेलमा जित र अर्कोमा हार बेहोरेको थियो । प्रिमियर लिगमा युनाइटेडलाई उसकै मैदानमा हराएको सिटी लिग कपमा भने युनाइटेडसँग पराजित भएको थियो ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]