default_image

9 years ago

October 15, 2015

सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने

159 views

0 Bookmark

काठमाडौं, असोज २८

अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ ।

arrested players

थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए । पक्राउ परेको २४ घण्टामा अदालतमा उपस्थित गराउनुपर्ने भएपनि दसैं विदाका कारण उपस्थित गराउन नमिल्ने भएको छ । घटस्थापनादेखि अलादत बन्द भइसकेका छन् ।

सार्वजनिक बिदा परेको अवस्थामा त्यसपछि अदालत खोल्ने दिन आरोपितलाई उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ । अब दसैंपछि मात्र अलादत खेल्नेछन् । प्रहरीले खेलाडीहरुलाई संगठित अपराध र देशद्रोह सम्बन्धी मुद्दा चलाउने तयारी गरेको थियो ।

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

April 10, 2025

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]

April 10, 2025

च्याम्पियन्स लिगमा पिएसजीको जित

एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]

Success

Thank you for your time.