8 years ago
April 27, 2017
म्युनिख (एजेन्सी) – सेमिफाइनलमा बोरुसिया डर्टमुण्डसंग ३-२ले पराजित भएपछि जर्मन लिग च्याम्पियन बायर्न म्युनिख जर्मन कपबाट बाहिरिएको छ।
बुधबार राती भएको प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा डर्टमुण्डले मारको रीउसको गोलमा अग्रता लिएको थियो। उनले १९औं मिनेटमा अग्रता दिलेपानी दिलाएपनि हाभिएर मार्टीनेजले त्यसको ९ मिनेटमै खेललाई बराबरीमा ल्याएका थिए। ४१औं मिनेटमा फ्र्यांक रिबेरीको पासलाई सदुपयोग गर्दै म्याट्स हमल्सले बायर्नलाई अग्रता दिलाए।
दोश्रो हाफको ५ मिनेटमा २ गोल गर्दै डर्टमुण्डले बायर्नलाई उसकै घरेलु मैदानमा पराजित गर्यो। पिएर एमेरिक औबामेयाङले डेम्बेलेको पासलाई सदुपयोग गर्सै ६९औं मिनेटमा खेललाई बराबरीमा ल्याए भने उनी डेम्बेलेले ७४औं मिनेटमा डर्टमुण्डलाई अगाडी बढाए।
यस जितसंगै डर्टमुण्डले डी.एफ.बि पोकालको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसघि मंगलबार भएको पहिलो सेमिफाइनलमा आइनट्रयाक्ट फ्र्यांकफर्टले बोरुसिया मोन्चेन्ग्ल्याडब्याकलाई सडन डेथमा ७-६ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]