default_image

8 years ago

April 27, 2017

रियलको शानदार जित

99 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु टोली डेपोर्टिभो ला कोरुनालाई ६-२ले पराजित गरेको छ।

रोनाल्डो, बेल, बेन्जेमा, मोड्रीच लगायतका स्टार खेलाडीलाई विश्राम दिइएको खेलमा म्याड्रिडका युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे। खेलको पहिलो मिनेटमै अल्भारो मोराटाले इस्कोको पासलाई सदुपयोग गर्दै रियललाई खेलमा अगाडी बढाएका थिए। हामेस रोड्रीग्वेजले १४औं मिनेटमा गोल गर्दै म्याड्रिडको अग्रता बढाएका थिए। तर फ्लोरिन आन्डोनेले ३५औं मिनेटमा गोल गरेपछि घरेलु टोलीको खेलमा फर्कने आशा जागेको थियो। लुकास भाज्केजले ४४औं मिनेटमा गोल गर्दै हाफ टाइममा म्याड्रिडलाई २ गोलले अगाडी बढाए।

दोश्रो हाफमा रोड्रीग्वेज, इस्को र क्यसेमिरोले गोल गर्दै म्याड्रिडको जित सुनिश्चित गरेका थिए। ८४औं   मिनेटमा घरेलु टोलीका लागि होसेलुले दोश्रो गोल गरेका थिए।

यस जितसंगै रियलको ३३ खेलमा ७८ अंक भएको छ। यद्दपी समान अंक बोकेर शीर्षस्थानमा रहेको बार्सिलोनाले १ खेल बढी खेलेको छ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.