default_image

8 years ago

April 27, 2017

टोटेनहम र आर्सनल विजयी

90 views

0 Bookmark

लण्डन (एजेन्सी) – इङलिस प्रिमिएर लिग अन्तर्गत बुधबार राती भएका खेलमा टोटेनहम हट्सपर र आर्सनलले जित दर्ता गरेका छन्।

प्रिमिएर लिगको शीर्षस्थानमा रहेको चेल्सीमाथि दबाब कायम राख्ने अठोट लिएको टोटेनहमले क्रिस्टल प्यालेसको घरेलु मैदानमा १-०को जित दर्ता गर्यो। खेलको अधिकाँश समय घरेलु टोलीमाथि आक्रमण बुनेको टोटेनहमका लागि क्रिस्टियन एरिक्सनले गोल गरेका थिए। उनले ८२औं मिनेटमा करिब ३० यार्ड टाढाबाट हानेको सट सिधै गोलमा परिणत भएको थियो।

जितसंगै टोटेनहम र चेल्सीबिचको दुरी ४ अंकमा झरेको छ। दुवै टोलीले लिगमा ५/५ खेल खेल्न बाँकि रहेको छ।

यसैगरी दिनको अर्को खेलमा आर्सनलले लेस्टरमाथि १-०को जित हात पार्यो। खेलको ८६औं मिनेमा लेस्टरका रोबर्ट हुथले आत्मघाती गोल गरेपछि आर्सनलको जित सम्भव भएको हो। यस जितसंगै आर्सनलको शीर्ष ४मा आउने सम्भावना थप बलियो भएको छ। ३२ खेलमा ६० अंक जोडेको आर्सनल हाल छैठौं स्थानमा रहेको छ।

बुधबारकै अर्को खेलमा मिडल्सब्रोले सन्डरल्याण्डलाई १-०ले पराजित गर्यो।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.