default_image

8 years ago

April 26, 2017

एल क्लासिकोमा हारपछि रोनाल्डोको रियलकै खेलाडीसंग भनाभन

156 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गत साता सम्पन्न एल क्लासिकोमा लियोनेल मेस्सीको अन्तिम मिनेटको गोलसंगै बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ले पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा पुगेको थियो।

मेस्सीले खेलको दोश्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल सर्जी रोबर्टोले मिडफिल्डबाट उत्कृष्ट ढंगले बल अघि बढाएपछि सम्भव भएको थियो। रोबर्टोले बल छलाएर लाग्दा म्याड्रिडका डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका मोड्रीचले उनलाई रोक्ने प्रयास विफल भएको थियो।

रोबर्टोले राइट ब्याक पोजिसनबाट बल छलाउँदै म्याड्रिडको हाफ भित्र आन्द्रे गोमेसलाई पास दिएका थिए। त्यसपश्चात गोमेसले जोर्डी अल्बालाई बक्सभित्र पास दिएका थिए। अल्बाले उत्कृष्ट ढंगले कट्ब्याक गरेको बलमा मेस्सीले उत्कृष्ट गोल गरेका थिए।

यहि निहुँमा मैदानमा छँदै रोनाल्डोले मार्सेलो र मोड्रीच दुवैलाई गाली गरेका थिए। खेल सकिएलगत्तै रोनाल्डो र मार्सेलोबीच टनेलमा केहि भनाभन भएको र ड्रेसिङ रुममा पुगेर उनले फेरी मार्सेलो र मोड्रीचसंग आफ्नो असन्तुष्टी व्यक्त गरेका थिए।

उनले २ मध्ये कुनै एक खेलाडीले उक्त समयमा रोबर्टोलाई फल हान्नुपर्ने अभिव्यक्ति दिएको बुझिएको छ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.