8 years ago
April 26, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती हुने खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा ओसासुनासंग भिड्दैछ। आइतबार भएको एल क्लासिकोमा जित हात पारेर शीर्षस्थान कब्जा गरेको बार्सिलोना यस खेलमा जित हात पारेर म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ।
७५ अंक बोकेको बार्सिलोना गोलअन्तरको आधारमा शीर्षस्थानमा रहेको छ। बराबरी अंक बोकेपनि रियल म्याड्रिडलले बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको छ। बार्सिलोनाको प्रतिद्वन्द्वी ओससुना भने लिगको २०औं स्थानमा रहेको छ।
बार्सिलोनाका लागि यस खेलमा प्रतिबन्ध झेलिरहेका स्टार फरवार्ड नेयमार अनुपस्थित रहनेछन्। यो उनले पाएको ३ खेल प्रतिबन्धको अन्तिम खेल हो। उनको स्थानमा पाको अल्कासेरले नै लिओनेल मेस्सी र लुइस सुआरेजको साथ दिनेछन। चोटका कारण एलेक्स भिदाल र राफिन्हा खेलको लागि उपलब्ध हुने छैनन्।
प्रशिक्षक लुइस एन्रिकेले स्यामुएल उम्टिटीलाई विश्राम दिएर मासेरानोलाई मैदानमा उतार्न सक्नेछन्। यस्तै आन्द्रेस इनिएस्टाको ठाउँमा पनि आन्द्रे गोमेसखेल्ने सम्भावना बढी छ।
बार्सिलोनाले आफ्नो घरेलु मैदानमा खेलिएको पछिल्लो ९ लिग खेल जितेको छ। उसले ओससुनाविरुद्ध घरेलु मैदानमा खेलेको पछिल्लो ४ खेलमा प्रत्यकमा कम्तिमा ४ गोल हानेको छ। उता ओससुनालले भने आफुले खेलेको पछिल्ला २५ खेलमध्य २ ओटामा मात्र जित हात पारेको छ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]