8 years ago
April 25, 2017
राकेश तिमल्सिना
चितवन – साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी) र भरतपुर फुटबल क्लब (बिएफसी) नारायणगढको क्याम्पाचौरमा जारी चितवन जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
बिएफसीले मंगलबारको खेलमा युनिक फुटबल क्लबलाई सडन डेथमा ७–६ ले तथा एनएफसीले टाँडी युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए ।
बिएफसी र युनिकबीच निर्धारित ७० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो । २९ औ मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएको एक मिनेट वित्न नपाउँदै सन्देश गुरुङले बराबरी गोल फर्काए । दोश्रो हाफको १५ औ मिनेटमा युनिकका लागि विजय भुजेलले गोल गरे ।
तर त्यो अग्रता पनि लामो समय टिकेन । युनिकले अग्रता लिएको दुई मिनेटमै बिएफसीका जित मगरले बराबरी गोल गरेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि ५–५ को बराबरीभएपछि सडन डेथमा बिएफसीले बाजी मार्यो । बिएफसीले बिहीबार सेमिफाइनलमा एभरेष्ट फुटबल क्लबको सामना गर्नेछ ।
एनएफसी र टाँडीबीचको खेलको निर्धारित समय गोल रहित बराबरीमा टुंगिएको थियो । एनएफसीका अजय थापा मगर, पुकार आले, विमल तामाङ र शेखर उप्रतीले गोल गरे भने सन्तोष गुरुङको प्रहार विपक्षी गोलकिपरले रोके । टाँडीका लागि मनिष गोले र रुमेश बर्तौला गोल गर्न सफल भए ।
सुदर्शन चौधरी र धु्रव बर्तौलाको प्रहार विपक्षी गोलकिपरले रोके । एनएफसीले बुधबार मुग्लिङबजार फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । चितवन जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग बैशाख १६ गते सम्म चल्नेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]