8 years ago
April 25, 2017
वीरगन्ज (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी टुबोर्ग प्रथम विशाल स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई मंगलबार टाइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको हो ।
त्रिभुवन आर्मी क्लब । (फाइल तस्बिर)
ए डिभिजन टोलीहरुको सहभागिता रहेको बर्षको पहिलो प्रतियोगितामा निर्धारित ८० मिनेटको खेलमा दुवैले १–१ को बराबरी खेलेका थिए । १–० ले पछि परेको खेलमा पुनरागमन गर्दै सेनाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
एलेक्सको गोलबाट हिमालयनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । जर्ज प्रिन्स कार्कीले ७० औं मिनेटमा बराबरी गोल गरेपछि आर्मी खेलमा फर्केको थियो । आर्मीका गोलकिपर विकेश कुथु स्पोन्सर म्यान अफ दी म्याच घोषित भएका थिए ।
प्रतियोगिताको बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुनेछ । विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
विशाल स्मृति गोल्डकपमा मंगलबार खेल
नेपाल पुलिसविरुद्ध संकटा
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]