default_image

9 years ago

October 15, 2015

फूटबल फिक्सिंग – १ खेलमा १ करोड सम्मको चलखेल

128 views

0 Bookmark

फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पैसा खाएर म्याचफिक्सिङ (खेल–मिलेमतो) गरेको आरोपमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई बुधबार पक्राउ गरेको थियो   ।

nepal fixing players

महानगरीय प्रहरी अपराध महाशाखाले सागर लगायत राष्ट्रिय टोलीका उपकप्तान सन्दिप राई र पूर्व खेलाडी अन्जन केसी र बिकाश सिंह क्षत्रीलाइ पक्राउ गरेका थिए  ।

प्रहरीले प्राप्त गरेको आर्थिक विवरणमा एक खेलवापत एक लाख डलर (करिब एक करोड रुपैयाँ) सम्म लिएको उल्लेख छ।

खेल मिलेमतोवापतको अधिकांश रकम मलेसियाबाट हुन्डी र मनी ट्रान्सफर हुँदै नेपाल भित्रिने गरेको अनुसन्धान अधिकारी बताउँछन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले वेस्टर्न युनियन, साइबर मनी ट्रान्सफर, सोसाइटी ट्राभल्स प्रालि, सिजी फिन्को र साइबर मनी ट्रान्सफरबाट पैसा लिएको विवरण फेला पारिसकेको छ। अधिकांश रकम अञ्जनले बुझेका थिए- नागरिक न्युजले जानाएको  छ ।

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

April 10, 2025

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]

April 10, 2025

च्याम्पियन्स लिगमा पिएसजीको जित

एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]

Success

Thank you for your time.