default_image

8 years ago

April 25, 2017

काठमाडौँमा रियल मड्रिड फाउन्डेसनको प्रशिक्षण हुने

144 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) –  रियल म्याड्रिड फाउन्डेसन विश्व फुटबलको महारथी स्पेनिस जाइन्ट रियल म्याड्रिडको प्रशिक्षण शिविर नेपालमा हुने भएको छ ।

Madrid news

शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस टुर्स प्रालिले नेपालमा पाँच दिने प्रशिक्षण शिविर यही जेठ २२ गतेबाट २६ गतेसम्म मोर्डन इण्डियन स्कुलको खेल मैदानमा हुनेछ । पाँच दिने शिविरमा १८ वर्ष भन्दा मुनिका खेलाडीले भाग लिन पाउने टुर्सका प्रबन्ध निर्देशक विजय कुमार खत्रीले जानकारी गराए ।

शिविरलाई युइएफए ‘ए’ लाइसेन्स प्राप्त स्पेनका ड्यानियल ल्याण्डबुरु रोटेला र राफेल पालासियोसले प्रशिक्षण दिनेछ । शिविरमा सहभागिता हुनका लागि प्रति विद्यार्थी ३५ हजार शुल्क तोकिएको छ । पाँच दिने शिविरमा सहभागी सबैलाई खाना, यातायात तथा रियल म्याड्रिड क्लबको किट प्रदान गरिनेछ । शिविरबाट उत्कृष्ट हुने विद्यार्थीले सिंगापुरमा रहेको रियल म्याड्रिड एकेडेमीको पाँच दिने प्रशिक्षणमा सहभागिता हुने मौका पाउनेछ ।

नेपली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा शिविरको सल्लाहकार पारसल खड्काले युवा विद्यार्थीका लागि अघि बढ्ने राम्रो मौका रहेको बताए । यस्ता खालका शिविरको आयोजना र एक्पोजर पाउने हो भने नेपालीहरुले पनि निकट भविष्यमा युरोपतिर खेलेको सुन्न पाउने बताए ।

रियल म्याड्रिड एकेडेमी सिंगापुरका नारायाण बहादुर श्रेष्ठले सिंगापुरको कार्यक्रमलाई नेपालमा तानेको र यसले सफलता हात पारे अरु नयाँ कार्यक्रमहरु प्नि ल्याउने बताए । शिविरलाई युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको राष्ट्रिय युवा परिषदले साझेदारी गरेको छ

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.