default_image

8 years ago

April 25, 2017

गुआर्डीओला पहिलोपटक उपाधिविहीन हुँदै

106 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – यसै सिजनको सुरुवातमा म्यानचेस्टर सिटीको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका स्पेनिस प्रशिक्षक पेप गुआर्डीओला आफ्नो करियरमै पहिलोपटक उपाधिविहीन हुने भएका छन्

आइतबार भएको एफ.ए. कपको सेमिफाइनलमा आर्सनलसंग २-१को पराजय भोगेसंगै सिटीको यस सिजन उपाधि जित्ने सम्भावना सकिएको हो लिग कप र च्याम्पियन्स लिगमा आफ्नो यात्रा यसअघि नै टुंग्याइसकेको सिटी प्रिमिएर लिगमा चौथो स्थानमा रहेको छ३२ खेल खेल्दै ६४ अंक बोकेको सिटि शीर्षस्थानमा रहेको चेल्सीभन्दा ११ अंकले पछाडी रहेको छ चेल्सीको तुलनात्मक रुपमा सजिलो खेलहरु रहेको र फर्ममा रहेका कारण उसको पोल्टाबाट सिटीले उपाधि खोस्न अविश्वसनिय नतिजा आउनुपर्ने हुन्छ

सन् २००८मा बार्सिलोनाको मुख्य प्रशिक्षकको जिम्मा पाएका गुआर्डीओलाले आफ्नो पहिलो ३ सिजनमा ३ लिग उपाधि जित्दै तहल्का मच्चाएका थिए आफ्नो पहिलो सिजनमा ६ उपाधि भित्र्याएका गुआर्डीओलाले बार्सिलोनासंग रहेर ३ ला लिगा, २ कोपा डेल रे, ३ स्पेनिस सुपर कप, २ च्याम्पियन्स लिग, २ यूएफा सुपर कप  र २ क्लब विश्व कप जितेका थिए

सन् २०१३मा बायर्न म्युनिख पुगेका गुआर्डीओलाले त्यहाँ रहेको ३ सिजननै घरेलु लिगको उपाधि जितेका थिए ३ मध्ये २ सिजनमा लिग कपको उपाधि जिताएका उनले यूएफा सुपर कप र क्लब विश्वकप उपाधि पनि आफ्नो पोल्टामा पारे

म्यानचेस्टर सिटिमा ३ वर्षे अनुबन्धन गरेका गुआर्डीओलाले सिजनको सुरुवात देखिनै उपाधि जित्न नसके आफु क्लबमा रहेको औचित्य नरहने बताएका थिए तर, उनको भविष्यको बारेमा हालसम्म केहि नयाँ खबर भने क्लबले दिएको छैन

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.