default_image

8 years ago

April 24, 2017

नव जन जागृतिको सेमिफाइनल यात्रामा सुजलको २ गोल

84 views

0 Bookmark

वीरगन्ज (हाम्रो खेलकुद)– नव जन जागृति युवा क्लब वीरगन्जमा जारी टुबोर्ग प्रथम  विशाल स्मृति गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठले दुई गोल गरेको सोमबारको खेलमा विजय युथ क्लबलाई ४–० ले हराउँदै नव जन जागृति अन्तिम चारमा पुगेको हो ।

नव जन जागृतिका लागि विकी चौधरी र प्रज्वल क्षेत्रीले समान १ गोल गरे । ८० मिनेटको खेलको ३७ औं मिनेटमा सुजलले पहिलो गोल गरेका थिए ।

विकीले ६९ औं मिनेटमा गोल गरे भने सुजलले ७४ औं मिनेटमा अर्को गोल थपे । प्रज्वलले निर्धारित समय सकिनु ४ मिनेटअघि गोल गरे । स्पोन्सर म्यान अफ दी म्याच घोषित सुजलले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा दुई ए डिभिजन टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।  विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विशाल स्मृति गोल्डकपमा मंगलबार खेल
त्रिभुवन आर्मीविरुद्ध हिमालयन शेर्पा

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.