default_image

9 years ago

October 14, 2015

म्याच फिक्सिङ्गको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापा संगै चार अरु पक्राउ

231 views

0 Bookmark

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई म्याच फिक्सिङको आरोपमा प्रहरीले पक्राउ गरेको छ । इकान्तिपुर ले जनाए अनुसार प्रहरीले आज नै अन्य चारलाई पनि पक्राउ गरेको छ|
Sagar Thapa
थापासहित पूर्व राष्ट्रिय खेलाडी एवं थ्री स्टारका पुर्व खेलाडी अन्जन केसी पक्राउ परेका छन्| राष्ट्रिय खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ गरिएको कुरा इकान्तिपुरले बताएको छ।
पक्राउ परेकामा रितेश नेपाल प्रहरी क्लबबाट खेल्छन भने सन्दिप राई र सागर थापा थ्री स्टारका खेलाडी हुन्|
थप जानकारी आउन बाँकी रहेको छ|

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

April 10, 2025

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]

April 10, 2025

च्याम्पियन्स लिगमा पिएसजीको जित

एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]

Success

Thank you for your time.