8 years ago
April 24, 2017
लण्डन (एजेन्सी) – चेल्सीका स्टार मिडफिल्डर एन’गोलो कान्टेले पिएफए प्लेएर अफ द इयर अवार्डको उपाधि जितेका छन्।
चेल्सीकै एडेन हजार्ड, टोटेनहमका ह्यारी केन, आर्सनलका एलेक्सीस स्यान्चेज, एभर्टनका रोमेलु लुकाकु र म्यानचेस्टर युनाईटेडका ज्लाटन इब्राहिमोभिचलाई पछि पार्दै कान्टेले उपाधि जितेका हुन्।
व्यवसायिक फुटबलरहरुको संघ पिएफएले खेलाडीहरुको मतका आधारमा दिने यो उपाधि प्रतिष्ठित उपाधि हो। कान्टे यो उपाधि जित्ने तेश्रो चेल्सी खेलाडी हुन्। यसअघि २००४/०५ मा जोन टेरी र २०१५/१६मा एडेन हजार्डले पनि यो उपाधि जितेका थिए।
कान्टो पिएफएको टिम अफ द इयरमा पनि परेका छन्। उनिसंगै चेल्सीका डेविड लुइज र ग्यारी केहिल पनि टोलीमा अटाएका छन्।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]