default_image

8 years ago

April 24, 2017

प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा पराजित

114 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– क्रिस्टियन बेन्टेकेको २ गोलको मद्दतमा क्रिस्टल प्यालेन्सले आइतबार प्रिमियर लिगमा लिभरपुललाई २–१ ले हराएको छ । घरेलु मैदानमा लिएको अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।

२४ औं मिनेटमा फिलिप्पे काउटिन्होले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, क्रिस्टल प्यालेस हार मान्ने पक्षमा थिएन ।

पहिलो हाफको केही मिनेटअघि बेन्टेकेले याहान काबायेको क्रसमा बराबरी गोल गर्दैै टोलीलाई खेलमा फर्काएका थिए । ७४ औं मिनेटमा बेन्टेकेले अर्को गोल थप्दै टोलीलाई पछिल्ला ८ खेलमा छैटौं जित दिलाए । एन्ड्रोस टाउनसेन्डको कर्नर आएको बललाई लिभरपुलका खेलाडीले क्लियर गर्न नसकेपछि त्यहि बलमा बेन्टेकेले निर्णायक गोल गरेका थिए ।

जितपछि प्यालेस ३८ अंकका साथ १२ औं स्थानमा छ । रेलिगेसन क्षेत्रमा रहेको टोलीको भन्दा लिभरपुलको ७ अंक बढी छ । प्रिमियर लिगमा चेल्सी (७५) शीर्षस्थान, टोनेनह्याम (७१) दोस्रो र लिभरपुल (६६) तेस्रो स्थानमा छ ।

शीर्ष ५ मा रहेका टोलीमध्ये लिभरपुलले ३४ खेल खेलिसक्दा अन्य ४ टोलीले ३२ खेल मात्र खेलेका छन् । लिभरपुलको भन्दा चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको २ अंक र पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३ अंक कम छ । प्रिमियर लिगमा आइतबार नै अर्को खेलमा युनाइटेडले बनर्लीलाई २–० ले हराएको थियो ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.