default_image

8 years ago

April 23, 2017

म्यानचेस्टर युनाइटेड बर्नलीबिरुद्ध २-०ले बिजयी

189 views

0 Bookmark

लण्डन (एजेन्सी)- आज भएको प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा म्यानचेस्टर  युनाइटेडले बर्नलीबिरुद्द २-०को जित हात पारेको छ। यस नतिजा पश्चात म्यानचेस्टर युनाइटेडले लिगमा चौथो स्थानमा पुग्दै च्याम्पियन्स लिग खेल्ने आशा मजबुत बनाएको छ।

४१ बर्षपछि बर्नलीलाई अवे खेलमा पराजित गरेको म्यानचेस्टर युनाइटेडका लागि कप्तान वयन रूनी र एन्थोनी मार्सलले गोल गरेका थिए। खेलको २१औ मिनेटमा मार्सलले हरेराले दिएको पासलाई ट्याप इन गर्दै युनाइटेडलाई आग्रता दिलाएका थिए। पहिलो गोल पछि निरन्तर आक्रमण गरेको म्यानचेस्टर युनाइटेडले ३९औ मिनेटमा दोस्रो गोल गरेको थियो। मार्सलले दिएको पासलाई रुनीले ६ यार्ड बक्स भित्रबाट उत्कृष्ट ढंगले प्रहार गर्दै गोल गरेका थिए। त्यस पश्चात खेलमा कुनै गोल हुन नसकेपछि खेल २-०मै सकिएको थियो।

यस नतिजा पश्चात ५औ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड एक खेल बढी खेल्दै तेस्रो स्थानमा रहेको लिभरपुल भन्दा ३ अंकले पछाडी छ। १५ स्थानमा रहेको बर्नलीपनि रेलिगेशनबाट ५ अंक माथि रहेको छ।

 

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.