8 years ago
April 23, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम ‘एल क्लासिको’ भिडन्त रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुदैछ । खेल नेपाली समयानुसार आइतबार राती १२ः३० बजेपछि हुनेछ ।
खेलका लागि बार्सिलोनाको सम्भावित सुरुवाति ११ यसप्रकार रहनेछ:
गोलरक्षकको भुमिकामा टेर स्टेगन रहनेछन् भने स्यामुएल उमटिटि र जेरार्ड पिकेले सेन्टर डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन्। डिफेन्डर एलेक्स भिडाल चोटका कारण बाहिरिएकाले सर्जि रोबर्टो राइट डिफेन्समा खेल्नेछन् भने लेफ्ट डिफेन्समा जोर्डी अल्बा कायमै रहनेछन्।
सर्जियो बुस्केट्स, आन्द्रेस इनियस्टा र इभान राकिटिचले मिडफिल्ड सम्हाल्नेछन्। नेयमार प्रतिबन्धका कारण उपस्थित नहुने भएपछि उनको स्थानमा आर्डा टुरान खेल्नेछन्। यद्दपी पाको अल्कासेर पनि बेन्चमा रहेर टुरान खेल्न नसकेको अवस्थामा मैदान प्रवेश गर्नेछन्। लियोनेल मेस्सी र लुइस सुआरेजले आक्रमण सम्हाल्नेछन्।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]