default_image

8 years ago

April 23, 2017

‘एल क्लासिको’ आज, कसले मार्ला बाजी?

123 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम ‘एल क्लासिको’ भिडन्त रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुदैछ ।

खेल नेपाली समयानुसार आइतबार राती १२ः३० बजेपछि हुनेछ । स्पेनिस ला लिगामा एक खेल कम खेलेको रियल बार्सिलोनाभन्दा तीन अंकले अघि छ । यस्तोमा घरेलु मैदानमा हुने ‘एल क्लासिको’ जित्न सके रियलले आफ्नो उपाधि यात्रालाई थप मजबुत बनाउनेछ । ला लिगामा पाँच चरणका खेल बाँकी रहँदा आइतबार राति हुने ‘एल क्लासिको’ले नै उपाधिको छिनोफानो गर्नेछ । लिगमा ३२ चरणको खेल सकिदा रियलको ७५ तथा बार्सिलोनाको ७२ अंक छ ।

च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखविरुद्धको पहिलो लेगमा घाइते भएर दुई खेल गुमाएका स्टार ग्यारेथ बेलले बार्सिलोनाविरुद्धको खेलबाट मैदान फर्कने पक्का भएको छ । यसले रियलको अग्रपंक्ति थप मजवुत हुनेछ । यस्तै रियललाई च्याम्पियन्स लिगको १ सय गोल पुरा गरेका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो, करिम बेन्जेमा र स्पोर्टिङ गिजोनविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका इस्कोको साथ रहनेछ । रियल म्याड्रिडमा जिनेदिन जिदान प्रशिक्षक भएयता रियलले एल क्लासिको गुमाएको छैन । जिदानको प्रशिक्षणमा सन् २०१६ अप्रिलमा रियलले २–१ को जित निकालेको थियो । यस्तै डिसेम्बरमा एक–एक गोलको बराबरी खेलेको थियो ।

रियलको घरेलु मैदानमा हुने यस सिजनको अन्तिम एल क्लासिको गुमाए क्याटलान जाएन्ट बार्सिलोनाको स्पेनिस ला लिगाको उपाधि यात्रा निकै कमजोर बन्ने छ । खेल गुमाए बार्सिलोना रियलभन्दा ६ अंकले पछि पर्नेछ । जुन उपाधिभन्दा निकै टाढा हुनेछ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको बार्सिलोनासँग रियलसँग पनि पराजित भए एकमात्र उपाधि हातमा हुनेछ । बार्सिलोना स्पेनिस कोपा डेल रे उपाधि नजिक छ । बार्सिलोना बिहिबार युभेन्टससँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ३–० को हार बेहोर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

बार्सिलोनाले एल क्लासिकोका पछिल्लो ६ मध्ये २ खेल गुमाएको छ । आइतबार पनि रियलमाथि बार्सिलोना नै हावी हुने देखिन्छ । तर, रियलमा जिनेदिन जिदान प्रशिक्षक भएर आएपछि बार्सिलोनाले रियललाई पराजित गर्न सकेको छैन । यस्तोमा ब्रजिली स्टार नेयमार पनि टिममा नहुँदा बार्सिलोेनालाई समस्या हुन सक्नेछ । मालगाविरुद्धको खेलका क्रममा रेफ्रीलाई व्यङ्ग्यात्मक तरिकाले ताली दिएपछि उनलाई चार खेलमा प्रतिबन्ध सुनाइएको थियो । बार्सिलोनाले नेयमारविरुद्धको प्रतिबन्धमाथि कोर्ट अफ आर्बिटेसनमा अपिल गरेपनि अपिल खारेज भएको थियो । गत डिसेम्बरमा बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको एल क्लासिको एक–एक गोलको बराबरीमा सकिएको थियो । लुईस स्वारेजले बार्सिलोनालाई दिलाएको अग्रतालाई रियलका कप्तान सर्जियो रामोसले इन्जुरी समयमा गोल गर्दै सम्भावित हार टारेका थिए ।

एल क्लासिकोको सर्वाधिक गोलकर्ताको सुचीमा बार्सिलोनाका लियोनेल मेस्सी रहेका छन् । उनले २१ गोल गरेका छन् । रियलका पूर्व खेलाडी अल्फ्रेडो डि स्टेफानो १८ गोलसहित दोश्रो तथा रियलकै क्रिस्टियानो रोनाल्डो १६ गोलसहित तेस्रो स्थानमा छन्।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.