default_image

8 years ago

April 23, 2017

नेयमारलाई ‘एल क्लासिको’ खेलाउन जोखिम उठाउँदै बार्सिलोना

113 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – प्रतिबन्धमा पुनरावलोकन गर्न कोर्ट अफ आर्बिट्रेसन (कास/टाड) समक्ष अपिल गरेको बार्सिलोनाले नेयमारले एल क्लासिकोमा खेल्न पाउनु पर्ने दबाव दिएको छ ।

Neymar

स्पेनिस अपिल समितिले यसअघिको अपिल खारेज गरेपछि शुक्रबार कास समक्ष अपिल गरेको बार्सिलोनाको बुझाइ अनुसार कासले आफ्नो निर्णय प्रकट नगरेसम्म नेयमारको प्रतिबन्ध मुद्दा तामेली हुने कारणले उनले रियल म्याड्रिडसंगको खेल खेल्न पाउनेछन् ।

कासले भने बार्सिलोनाको अन्तिम समयमा अपिल गर्ने निर्णयलाई आलोचना गरेको छ । कासको साप्ताहिक बैठक सकिएलगतै बार्सिलोनाले अपिल गरेको भन्दै आफ्नो स्वविवेक नेयमारलाई मैदानमा उतारेमा बार्सिलोनाले थप सजाय भोग्नु पर्ने कासले एक विवरणमा जनाएको छ ।

इएसपिएनले जनाए अनुसार कासमाथि दबाब दिनलाई बार्सिलोनाले नेयमारलाई अन्य टोलीसंग म्याड्रिड लैजानेछ ।

स्पेनिस ला लिगामा मालगासंगको खेलमा रातो कार्डको सामना गरेका नेयमारले रेफ्रीलाई व्यंग्यात्मक रुपमा ताली बजाउदै मैदान बाहिरिएका थिए । त्यसमा थप कारवाही स्वरुप दुई खेलमा प्रतिबन्ध गरेपछि उनले ३ खेल खेल्न नपाउने भएका छन् । तिनमद्धे १ खेल भने उनले प्रतिबन्धमा बिताई सकेका छन् ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.