8 years ago
April 23, 2017
स्पेन (एजेन्सी)- डेनमार्क तथा लन्डन क्लब टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई आउदो सिजन आफ्नो टिममा भित्र्याउन स्पेनिस महारथी बार्सिलोनाले इच्छा देखाएको छ।
सिजन सुरु हुनु अघि देखि क्याट्लान क्लबले एरिक्सन माथि आफ्नो नजर राखेको थियो र उनलाई आउँदो सिजन बार्सा भित्र्याउन मोटो रकम खर्च गर्ने जनाइएको छ। क्लबका पूर्व स्टार खेलाडी माइकल लड्रुपले इरिक्सनलाई बार्सामा जानका लागि सुझाब दिएका छन।डेनमार्कका महान् खेलाडी लड्रुपले पनि आफ्नो करियरको उचाइमा बार्सिलोनाबाटै खेलेका थिए।
केहि दिन अघी मात्र च्याम्पियन्स लिगमा इटालियन महारथी युभेन्टससंग समग्रमा ३-० को हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको बार्सिलोनालाई आउदो सिजन उनको उपस्थितिले केहि हौसला मिल्ने देखिन्छ। यस सिजन टोटनह्यामका लागि १७ गोल तथा १४ गोलका लागि अवसर सृजना गरेका कारणले पनि बार्सिलोना उनीप्रति आकर्षित भएको श्रोतको दाबी छ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]