default_image

8 years ago

April 23, 2017

टोटेनह्यामलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

116 views

0 Bookmark

लन्डन (एजेन्सी) – टोटेनह्याम हटस्पर्सलाई ४-२ ले हराउदै चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ । लण्डन स्थित वेम्ब्ली रंगशालामा भएको खेलमा दुईपटक नतिजा उल्ट्याउने प्रयास गरेपनि स्पर्स सफल हुन सकेन।

Chelsea

इडेन हाजार्डको स्थानमा सुरु गरेका विलियमले चेल्सीलाई सुरुआती अग्रता दिलाए । खेलको पाचौ मिनेटमा विलियनको गोलले पछि परेको टोटेनह्यामले ह्यारी केनको गोलको मद्धतले खेलमा फर्कियो । विलियनले फ्रि-किकलाई सदुपयोग गर्दै सुरुआती अग्रता लिएका थिए भने क्रीस्टियन एरिकसनको पासमा केनलेहेडर मार्फत गोल गर्दै स्पर्सका लागि बराबरी गोल गरेका थिए । बेन डेभिसले भिक्टर मोसेसलाई आफ्नै डी-बक्समा लड़ाएपछि पाएको पेनाल्टीलाई विलियनले गोल गर्दै पहिलो हाफको अन्त्य अघि चेल्सीलाई पुनःअग्रता दिलाए ।

दोस्रो हाफमा अलिको गोलले टोटेनह्यामले खेलमा दोस्रो पटक बराबरी गर्यो। खेलको पहिलो हाफमा गोल गर्ने मौकाहरु सदुपयोग नगरेका अलीले ५३ मिनेटमा एरिक्सनको क्रसलाई जाली तर्फको दिशा दिदै बराबरी गरे । दोस्रो हाफमा हाजार्ड र कोस्टालाई मैदानमा उतारेको चेल्सीले कर्नरमा हाजार्डको गोलबाट खेलमा तेस्रो पटक अग्रता लिन सफल भयो । करिब १८ यार्डबाट हाजार्डले गोल गरे । त्यस्तै स्पर्सको बक्समा डिफेन्डरबाट मार्क नरहेको स्थितिमा म्यातिचले २५ यार्डबाट दर्शनीय गोल गरेपछि टेनह्यामको खेलमा फर्किने आशा समाप्त भएको थियो ।

टोटेनह्यामको यो लगातार सातौ पटक एफए कपको सेमिफाइनलको हार हो भने चेल्सीले आर्सनल वा म्यानचेस्टर सिटीमध्यको विजेतासंग १२ औ पटक एफए कपको फाइनल खेल्दै छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.