default_image

8 years ago

April 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको लगातार दोस्रो जित

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको अवे खेलमा जगजितको टोलीले इस्टर्न लायन्स एससी लाई २–१ ले हराएको छ ।

अघिल्लो साता सनराइजले सनराइजले बु्रन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो ।पछिल्लो पाँच खेलमा टोलीको यो लगातार दोस्रा जित हो । अघिल्ला ४ खेलमा टोलीले २ हार १ जित र १ बराबरी खेलेको थियो ।

आफ्ना ११ खेलमा टोलीले ५ जित ३ हार र ३ बराबरीका साथ १८ अंक जोडेको छ । टोली अंक तालिकाको छैटौं स्थानमा रहेको जगजितले जानकारी दिए । १० मध्ये ८ खेलमा जगजित पहिलो रोजाइमा पर्दै खेलेका छन् । यद्दपी शनिबारको जितमा जगजितको प्रत्यक्ष भुमिका भने रहेन ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.