8 years ago
April 22, 2017
दिपक बोहोरा
फिदिम – विर्ता युनाइटेड झापाले शनिबार प्रथम पाँचथर गोल्ड कपको उपाधि जितेको छ । एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४–२ ले हराउँदै विर्ता च्याम्पियन बनेको हो । यसअघि पुसमा फिदिममा नै भएको आठौं फाल्गुनन्द गोल्ड कपको उपाधि पनि विर्ताले नै जितेको थियो ।
उपाधिसहित विर्ताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफले १ लाख रुपैयाँ पायो । फिदिम माविको मैदानमा भएको फाइनलमको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि निर्णयका लागि सिधै टाइब्रेकरमा लगिएको थियो । सिमसिम पानीले मैदान हिलो बनाएका कारण दुवै टोलीले गोलका लागि प्राप्त अवसर खेर फालेका थिए ।
ट्राइबेकरमा झापाका विशाल राई ,बुद्ध चेम्जोङ , रञ्जित श्रेष्ठ र बिकि चौधरीले गोल गरे । एपिएफका सुसिल राइ र बुद्धिमान राईले मात्र गोल गरे भने उज्वल राईको प्रहार झापाका गोलकिपर दिनेश थापाले रोके । प्रदिप चौधरीको प्रहार पोस्ट नजिकबाट बाहिरीएको थियो । फाइनलमा एपिएफका सुशिल म्यान अफ दी म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
पाँचथर गोल्ड कप २०७४ का उत्कृष्ट खेलाडिहरु
गोल किपर – दिनेश थापा मगर (विर्ता युनाइटेड)
रक्षक – सुशन मुरर (एपिएफ पूर्वाञ्चल)
मिडफिल्डर – योगेश गुरुङ (विर्ता युनाइटेड)
फरवार्ड – बुद्धिमान राई (एपिएएफ पूर्वाञ्चल)
सर्वाधिक गोलकर्ता -विशाल राई (विर्ता युनाइटेड)
सर्वोत्कृष्ट खेलाडी – देवेन्द्र तामाङ (विर्ता युनाइटेड)
उत्कृष्ट सबैले समान ४ हजार रुपैयाँ पुरस्कार जिते ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]