default_image

9 years ago

October 14, 2015

उपाधिको सम्भावना जिवित राख्न मनाङ पुलिससंग भिड्दै

147 views

0 Bookmark

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दि क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन्|

फाइल तस्वीर - मनाङका डोडोज (बायाँ) र विशाल राई ।

फाइल तस्वीर – मनाङका डोडोज (बायाँ) र विशाल राई ।

लिगको अंक तालिकाको तेश्रो स्थानमा रहेको मनाङ, यस खेलमा हार व्यहोरे उपाधि दौडबाट बाहिर हुनेछ| पुलिसलाई भने आजको हारजितले अंक तालिकामा केहि फरक पर्ने छैन| आज जित हात पारे मनाङ आर्मीलाई पछि पार्दै दोश्रो स्थानमा पुग्न सफल हुनेछ|

मोरङविरुद्धको पछिल्लो खेलमा चार सुरुवाति रोजाइका खेलाडिलाई विश्राम दिएको मनाङले यस खेलमा सबै चार खेलाडीलाई मैदानमा उतार्नेछ| दिपक राई, विशाल राई, मुसा फिनिगे र विराज महर्जनले टोलीमा पुनरागमन गर्नेछन्| पछिल्लो खेलमा ह्याट्रिक गरेका रवि पासवान बेन्चमा नै बस्नेछन्|

मोरङ संगै आफ्नो पछिल्लो खेल खेलेको पुलिस एक हप्ताको विश्रामपछि मैदानमा उत्रदैं छ| अन्तिम दुई खेलनै उपाधिका दावेदारहरुसंग रहेको हुनाले अझैपनि लिगमा पुलिसको भुमिका पनि ठुलै छ| थ्रिस्टार लाई एकमा जित र अर्कोमा बराबरी गरेको पुलिस मनाङसंग पनि त्यस्तै नतिजा निकाल्ने दाउमा हुनेछ| यसअघिनै पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले उपाधि दौडमा रहेका टोलीलाई पुलिस विरुद्ध खेल्न सहज नहुने बताउँदै आएका थिए|

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

Success

Thank you for your time.