8 years ago
April 22, 2017
न्योन (एजेन्सी) – बार्सिलोना फुटबल क्लब र रियल म्याड्रिडका युवा टोली सेमिफाइनलको पराजय पछि यूइएफए युथ लिगबाट बाहिरिएका छन्। बार्सिलोनालाई हराउदै अष्ट्रीयाको साल्जबर्ग र रियललाई हराउँदै पोर्चुगलको बेन्फिकाको युवा टोली युवाहरुको च्याम्पियन्स लिग मानिने युथ लिगको फाइनल प्रवेश गरेका छन्।
बार्सिलोना १-२ स्लाजबर्ग
शुक्रबार भएको पहिलो खेलमा बार्सिलोनाको अग्रतालाई उल्टाउँदै साल्जबर्गले २-१ को विजयी नतिजा निकालेको हो । स्विट्जरल्याण्डको न्योन स्थित कोलोभरे स्पोर्ट्स सेन्टरमा भएको पहिलो सेमिफाइनल खेलमा जोर्डी एम्बौलाको १९औं मिनेटको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । बार्सिलोनाको पहिलो हाफको अग्रतालाई दोस्रो हाफमा हानेस वुल्फले ६३औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए । वुल्फले यस प्रतियोगिताको ६ खेलमा ७ गोल गरिसकेका छन् । वुल्फको गोलमा खेलमा फर्किएको साल्जबर्गकालागि दोस्रो हाफमा मैदान प्रवेश गरेका डाका प्याट्सनले विजयी गोल गरेका थिए । प्याट्सनको यो प्रतियोगिताको पहिलो खेल थियो ।
रियल २-४ बेन्फिका
कोलोभरे स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बेन्फिकाले रियल म्याड्रिडलाई ४-२ ले हराउदै फाइनलको यात्रा तय गरेको थियो । पहिलो हाफको १९ मिनेट भित्र ३ गोल गरेको बेन्फिकाले खेल आफ्नो पक्षमा पारेको थियो । जो फेलिक्सले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए भने जो फिलिपेले १७औं मिनेटमा बेन्फिकाको अग्रता दोब्बर गरे । फिलिक्सको १९औं मिनेटको गोलले बेन्फिका ३-० को बलियो स्तिथिमा पुग्यो । रियलका लागि डानी गोमेजले गोल गर्दै पहिलो हाफमा रियलको आशा कायमै राखे।
पहिलो हाफमा ३-१ को स्थितिमा रहेको रियलका लागि जेमी सियोनीले ५५औं मिनेटमा गोल गर्दै खेलमा पुनरागमनको सम्भावना देखाए तर म्याड्रिडले बराबरी गोल गर्न नसक्दा फिलिपेले निर्धारित समयको अन्त्यपछिको इन्जुरी समयमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फिकाको ४-२ को जित सुनिश्चित गरे ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]